• ४ वैशाख २०८१, मङ्गलबार

जनअपेक्षाअनुसारको भूमिका निर्वाह गर्छु : ज्येष्ठ सदस्य जबरा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनताको अपेक्षाअनुसारको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद् भवनबाट बाहिरिने क्रममा उहाँले पत्रकारसँग कुरा गर्दै त्यस्तो बताउनुभएको हो । 

असल र इमानदारिताका साथ ज्येष्ठ सदस्यको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । ज्येष्ठ सदस्य जबराले सदनमा निष्पक्षपूर्वक आफूले संसदीय भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो पटक सदनको सदस्य भएर इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्छु, असल र इमान्दारीसाथ ज्येष्ठ सदस्यको भूमिका निर्वाह गर्नेछु ।’ सभामुख जबराले ज्येष्ठ सदस्यको हिसाबले आफूले काम सकेपछि सदनमा जनताका भनाइलाई बुलन्द पार्ने बताउनुभयो ।