• १२ वैशाख २०८१, बुधबार

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक

blog

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक ।

काठमाडौं, पुस ७ गते। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक सूर्यकिरण शर्माले पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा संसदीय दलको नेता चयन गर्नेबारे छलफल हुने जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “पदाधिकारी बैठकमा संसदीय दलको नेता चयनबारे छलफल हुन्छ।” पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी हुनुहुन्छ। माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने जनाएको छ।