• ११ वैशाख २०८१, मङ्गलबार

स्पेनिस क्लबले नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने

blog

काठमाडौं, पुस ७ गते । स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो ।

काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब हो । क्लबले पोखरा रङ्गशालामा पुस १३ गते र दशरथ रङ्गशाला काठमाडौंमा पुस १४ गते मैत्रीपूर्ण फुटबल खेल्ने पाउन्डेसनले जनाएको छ । स्पेनिस क्लबविरुद्ध पोखरामा गण्डकी–११ ले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । यसैगरी दशरथ रङ्गशालामा हुने अर्को खेलमा काठमाडौं–११ को कप्तानी बिराज महर्जनले गर्नुहुनेछ ।

मैत्रीपूर्ण खेलमार्फत नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित मैत्रीपूर्ण खेल हुन लागेको हो ।