• ७ वैशाख २०८१, शुक्रबार

शपथमा चार जना सांसद अनुपस्थित

blog

शपथका लागि संसद् हलमा उपस्थित हुनुभएका नवनिर्वाचित सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ७ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले चार जना सांसद अनुपस्थित हुनुभएको जानकारी दिनुभयो ।

अनुपस्थित हुनुहुने सांसदहरुमा प्रेमबहादुर आले, महिन्द्र राय यादव, माया राई र रामकुमार राई हुनुहुन्छ ।

यसैगरी, नयाँ बानेश्वरस्थित संसद् भवनमा २७० सांसदले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उहाँहरुलाई शपथ गराउनुभएको हो ।