• १३ वैशाख २०८१, बिहिबार

ज्येष्ठ नागरिक दिवस मनाउने तयारी

blog

काठमाडौँ, पुस ७ गते ।  सरकारले यही पुस ८ देखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने भएको छ । २०५१ पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्न सुरु गरेको दिनलाई स्मरण गर्दै गत वर्षदेखि सरकारले यो दिवस मनाउन थालेको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यस वर्ष दिवसको नारा ‘हामी सबैको सरोकार ज्येष्ठ नागरिकको अधिकार’ छ । सरकारले ज्येष्ठ नागरिक महासङ्घ, स्थानीय तह र अन्य सरोकारवालाहरूसँग मिलेर यो कार्यक्रम मनाउने निर्णय गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव आभा श्रेष्ठले जानकारी दिनुभयो ।