• ८ वैशाख २०८१, शनिबार

नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल अस्पतालमा

blog

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः रोशन सापकोटा/रासस

काठमाडौं, पुस ६ गते। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। 

बुधबार दिउँसो प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल नेपालको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएको हो। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले अस्पताल पुगेर अध्यक्ष नेपालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो। 

अध्यक्ष नेपाल मंगलबार अस्पताल भर्ना हुनुभएको हो। नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ। उहाँको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।