• ७ वैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट

blog

काठमाडौं, पुस ६ गते । साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधबार सामान्य अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८९ अङ्क घटेर १८६७.२२ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अङ्कले घटेको छ ।

कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मङ्गलबारको कारोबारमा ९३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।