• १६ चैत २०८०, शुक्रबार

युक्रेनको आर्थिक स्थिरताका लागि नयाँ कार्यक्रम स्वीकृत

blog

कीभ, पुस ६ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पुर्‍याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ ।

कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न नयाँ कार्यक्रम स्वीकृत गरेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको हो ।

“बोर्डको संलग्नताको साथ चार महिनाको कार्यक्रम अनुगमनले प्रत्यक्ष रूपमा वित्तीय सहायता प्रदान गर्दैन, तर आईएमएफको नयाँ, दीर्घकालीन माथिल्लो–क्रेडिट किस्ता कार्यक्रममा सङ्क्रमणका लागि उपकरणहरू सिर्जना गर्दछ,” बैङ्कले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ ।

यस कार्यक्रमको उद्देश्य राज्यको बजेट राजस्व परिचालन गर्नु, वित्तीय क्षेत्रलाई सुदृढ पार्नु र राज्यको स्वामित्वमा रहेका उद्यमहरूका लागि व्यवस्थापन पारदर्शिता र प्रभावकारिता सुधार गर्नु हो ।

“यस कार्यक्रमको अनुमोदनले हाम्रा साझेदारहरूलाई विश्वास र इष्टतम अवस्थाहरू प्रदान गर्नेछ र भुक्तानी सन्तुलन र राज्य बजेटको उच्च आवश्यकताहरूको बीच पर्याप्त लयबद्ध वित्तीय प्रवाह सुनिश्चित गर्नेछ भन्ने विश्वास युक्रेनले गरेको छ,” बैङ्कका गभर्नर एन्ड्री पिशनीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । रासस/सिन्ह्वा