• ८ वैशाख २०८१, शनिबार

कृषक प्रोत्साहनका लागि कृषि मेला आयोजना

blog

रुकुमपश्चिममा आयोजना गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रममा राखिएका कृषि उपज । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, पुस ६ गते । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालयको आयोजनामा खलङ्गाको बाल मन्दिरमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो । 

कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपज प्रदर्शनीमा राखिएको छ । कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीका अनुसार खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तर्गत विभिन्न प्रकारका बालीहरू प्रदर्शनीमा राखिएको छ । 

मुसिकोट नगरपालिकाभित्रका एक सय ५० जना कृषकले आफूले उत्पादन गरेका वस्तुहरू मेलामा ल्याएको उहाँले बताउनुभयो । प्रदर्शनीमा राखिएका उत्कृष्ट वस्तुलाई पुरस्कृत गरिनेछ । आज दिउँसो ३ बजे पुरस्कार वितरणको कार्यक्रम राखिएको बताइएको छ । 

पहिलोलाई दुई हजार, दोस्रोलाई एक हजार पाँच सय, तेस्रोलाई एक हजार र सान्त्वनालाई सात सय रुपियाँले पुरस्कृत गरिने कार्यालय प्रमुख केसीले बताउनुभयो । उक्त कार्यक्रमले व्यावसायिक कृषकलाई थप प्रोत्साहन मिल्ने विश्वास कृषि विकास कार्यालयले जनाएको छ ।