• ७ वैशाख २०८१, शुक्रबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौं, पुस ६ गते । नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपियाँले उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक लाख चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला एक लाख एक हजार दुई सय रुपियाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार नौ सय रुपियाँ थियो । त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धि भई प्रतितोला एक हजार चार सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।