• १३ वैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटनामा शिक्षिकाको मृत्यु

blog

दुर्घटनामा ज्यान गुमाउने शिक्षिका अनिता तितुङ । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, पुस ६ गते ।
 चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ । उक्त नगरपालिका–९ मूलखर्कको आदर्श आधारभूत विद्यालयकी २४ वर्षीया शिक्षिका अनिता तितुङ उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

सदरमुकाम चौताराबाट–स्याउले जाँदै गरेको बा प्र–२–०७०–७५५५ नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका थिए । मोटरसाइकल चालक चौतारा साँगचोकगढी नगरपालिका–५ का २६ वर्षीय अनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।