• १३ वैशाख २०८१, बिहिबार

आजदेखि फेवा किनारामा लिटरेचर फेस्टिभल

blog

सन्तोष सुवेदी
कास्की, पुस ६ गते । 
बुकवर्म फाउण्डेसनको आयोजनामा पोखरामा बुधबारदेखि १० औँ नेपाल लिटरचेर फेस्टिभल सुरु हुँदैछ । पुस ६ देखि ११ सम्म फेवाताल किनार वाराहीघाटमा हुने सो फेस्टिभलमा दुई सय पाहुनाबीच ५० भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री हुने छन् । पहिलो दिन बुधबार साँझ ६ शुभारम्भ साँझ हुनेछ । जसमा नवराज पराजुलीको कविता र उज्ज्वल सागरको गीत एवम् साङ्गीतिक प्रस्तुत हुने आयोजकले जनाएको छ ।

देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने कार्यक्रममा बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक से हान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वको सहभागिता हुँदै छ ।

यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान् कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट् उपाध्यायलगायत सहभागिता रहने फेस्टिभलका निर्देशक नीरज भारीले जानकार दिनुभयो ।