• १३ वैशाख २०८१, बिहिबार

कैलालीमा शीतलहर र बाक्लो हुस्सु

blog

कैलालीमा लागेको हुस्सु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, पुस ६ गते ।
कैलालीमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसहित शीतलहर चल्न थालेको हो ।

शीतलहर र हुस्सुका कारण यहाँ अत्यधिक चिसो बढेको छ । हुस्सुले गर्दा घामसमेत राम्ररी लाग्न सकेको छैन । अरु दिनको तुलनामा आजबाट धेरै चिसो महसुस भइरहेको धनगढी उपमहानगरपालिका–८ की राजकुमारी चौधरीले बताउनुभयो । ‘‘चिसोले गर्दा बाहिर हिँडडुल गर्न गाह्रो भइरहेको छ,’’ उहाँले भन्नुभयो ।

चिसो बढेपछि बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिकलगायत प्रभावित भएका छन् । जाडो छल्नका लागि मान्छेहरु आगो ताप्न थालेका छन् ।

भारतको उत्तराखण्डदेखि सुदूरपश्चिमको आकाशमा हुस्सु बाक्लिएको जलवायुसम्बन्धी विज्ञ धर्मराज उप्रेतीको भनाइ छ । हुस्सुले थप चिसो बढ्दै गएको उहाँ बताउनुहुन्छ ।