• ८ वैशाख २०८१, शनिबार

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

blog

शान्ता अधिकारी
चितवन, पुस ६ गते ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७  जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस बिहान ६ः५० बजे भरतपुर–२९ सिमलताल नजिकै सडकमा दुर्घटना भएको हो । आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको छ ।

घाइते हुनेमा रत्ननगर १४ बस्ने वर्षका चालक भीम श्रेष्ठ, माडी १ वर्ष ३१ को सोविन्द्र महत्तो, भरतपुर  २ की ७९ कि सीताकुमारी सुनार, भरतपुर १६ का वर्ष २९ को रोसन भुजेल, भरतपुर २९ की वर्ष ३१ कि पूजा श्रेष्ठ, भरतपुर ११ की वर्ष ४१ की तिरु सुनार छन् ।