• ८ वैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न

blog

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान गर्नुहुँदै प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा । तस्बिर : विकास द्वारे

काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबेर अघि मतदान सम्पन्न भएको हो ।  

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य थिए । मतदानमा सबै ८९ सांसद सहभागी भएको समितिले जनाएको छ । 

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो । रासस