• १२ वैशाख २०८१, बुधबार

सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट मृत्यु

blog

सर्प उद्धारकर्ता दयाराम तिवारी । तस्बिर : गोरखापत्र

पविता पौडेल 

रुपन्देही, पुस ६ गते । रुपन्देहीको तिलोत्तमा २ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ।  लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीको मङ्गलबार राति सर्पको टोकाइबाट उपचारको क्रममा मृत्यु भएको हो ।

तिवारीले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र परेका सर्पलाई जीवितै उद्धार गर्दै आउनुभएको थियो । सर्प देख्नासाथ गाउँलेहरु तिवारीलाई फोन गरेर बोलाउने गर्दथे । उहाँले उद्धार गरिएको सर्पलाई जङ्गलमा लगेर छोड्ने गर्नुभएको थियो ।

घर सोमबार साँझ घर नजिकै रहेको अवस्थामा तिवारीलाई सर्पले हातमा टोकेको थियो । उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल लगिएका तिवारीको मङ्गलबार राति मृत्यु भएको स्थानीय विष्णु भट्टाराईले जानकारी दिनुभयो । 

‘घरमा सर्प आउँदा हामीलाई पहिले डर लाग्थ्यो तर पछिल्लो समय दयाराम गाउँमा भएपछि सर्प प्रतिको डर हराउँथ्यो । सर्प आफैंमा विषालु भए पनि मार्न हुन्न भन्नुहुन्थ्यो । तर, हामी सबैको ज्यान बचाएका दयारामको सर्पकै टोकाइबाट ज्यान जान्छ भन्ने लागेको थिएन,’’ भट्टराईले भन्नुभयो ।