बलात्कारीलाई आजीवन कारावास माग

इलाम, चैत २० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकमा बढ्दै गइरहेको अस्थिरता अन्त्य गर्न छिटो संविधान निर्माण गर्नाको विकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा बाहिर बसेका माओवादीसहितका ३० दलले देशमा जातीय विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै उहाँले आन्दोलनरत दललाई वार्ता र सहमतिमा आउन आग्रह गर्नुभयो । “सहमति र वार्ताका माध्यमबाट निकास खोजौँ”, कोइरालाले भन्नुभयो, “बारम्बार सहमतिको नाममा पर्खन सक्दैनौँ, आउनुभएन भने प्रक्रिया अघि बढ्छ, संविधान जारी हुन्छ ।” एमाओवादी वार्तामा नआए प्रक्रियाबाट दुई तिहाइ बहुमतले संविधान जारी गरिने उहाँले बताउनुभयो ।

पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफूले सभापतिका लागि उम्मेदवारी दिने घोषणासमेत उहाँले गर्नुभयो । “महिला नेतृत्वमा पार्टी अघि बढ्छ”, कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो, “पार्टीभित्र देखिएको गुट उपगुटलाई अन्त्य गरेर महाधिवेशनबाट असल नेतृत्व आउँछ ।”

महिला, अपाङ्गका लागि भाग छुट्याएर समावेशी सिद्धान्तका साथ पार्टीको आगामी महाधिवेशन हुनेमा आफू विश्वस्त हुने उहाँको भनाइ छ । देशमा बढ्दै गइरहेको बलात्कारका घटना रोक्न त्यसमा संलग्नलाई आजीवन काराबासको सजाय हुनुपर्नेमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना