• ७ वैशाख २०८१, शुक्रबार

बुटको लोकप्रियता

blog

काठमाडौँ, पुस ५ गते । जाडो मौसममा न्यानो हुने बुटको फेसन युवामाझ हिजोआज निकै लोकप्रिय बन्दै गएको छ। नायिकाको रोजाइमा जाडोको फेसनमा बुट पर्ने भएकाले पनि नेपाली युवामा यसको लोकप्रियता बढेको जानकारको भनाइ छ। जाडो मौसममा प्रायः महिलाको रोजाइमा लङ तथा सट बुट पर्ने गरेको छ। अहिलेका कामकाजी युवती तथा नायिकाहरू बुटप्रति आकर्षित भएको देखिन्छ। 

अभिनेत्री वर्षा राउत बुटकी सोखिन हुनुहुन्छ। उहाँलाई जाडो याममा बुट लगाउन एकदमै मन पर्छ। “सानैदेखि जाडोमा बुट लगाउन मन पर्छ,” उहाँ भन्नुहुन्छ, “मलाई बुटप्रेमी भने पनि हुन्छ। जाडोमा बुट छुटाउँदै छुटाउँदिनँ।” राउतलाई अरूभन्दा लेदरको लङ बुट बढी मन पर्छ। “लुगाअनुसार हाइ हिल, फ्ल्याट सबै किसिमका बुट लगाउँछु,” “जिन्समा लङ बुट लगाउँदा तातो महसुस हुन्छ,” उहाँ थप्नुहुन्छ, “बुटको राम्रो कलेक्सन छ मसँग।” जाडो मौसम बुटबिना त चल्दै चल्दैन, यसमा राम्रो देखिनुका साथ सजिलो पनि हुन्छ, नायिका राउतको अनुभव छ। 

अभिनेत्री स्वस्तिमा खड्कालाई जाडो मौसममा बुट लगाउन मन पर्छ। बुटले तातो त दिन्छ नै तर फेसनेबल र स्मार्ट पनि बनाउँछ जस्तो लाग्छ। “घुँडासम्म न्यानो हुने बुट लगाउन रुचाउँछु,” उहाँ भन्नुहुन्छ, “बुटमा स्मार्ट देखिन्छुजस्तो लाग्छ।” उहाँले जिन्ससँग कालो र खैरो रङको लङ बुट लगाउनुका साथै स्कर्टमा पनि लगाउन रुचाउनुहुन्छ। 

मोडल सुनिसा रायमाझी बुट र कोट सधैँ म्याचिङ नै लगाउने गर्नुहुन्छ। कालो कोट लगाउँदा कालै बुट, खैरो लगाए खैरै अनि रातो कोटमा रातै बुट लगाउने उहाँको बानी छ। जाडो मौसममा लेडिज बुटको व्यापार राम्रो फस्टाएको जुत्ता व्यापारी अनिल श्रेष्ठ बताउनुहुन्छ। अहिलेका युवतीदेखि कामकाजी महिलाको रोजाइमा बुट पर्छ,” उहाँ भन्नुहुन्छ, “जाडोमा बुटले फेसनेबल देखाउँछ भन्ने सोचाइले पनि बुटप्रति आकर्षण बढेको छ।”

जाडो मौसममा लेडिज बुटको व्यापार राम्रो फस्टाएको जुत्ता व्यापारी अनिल श्रेष्ठ बताउनुहुन्छ। “अहिलेका युवतीदेखि कामकाजी महिलाको रोजाइमा बुट पर्छ,” उहाँ भन्नुहुन्छ, “जाडोमा बुटले फेसनेबल देखाउँछ भन्ने सोचाइले पनि बुटप्रति आकर्षण बढेको छ।” बजारमा लेदर लङ बुट, कपडा लङ बुट, अफिसियल बुट, हिल बुट, भित्री हिल बुट, ब्लक हिल बुट बढी बिक्री हुने श्रेष्ठले बताउनुभयो।