• १६ चैत २०८०, शुक्रबार

संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत चयन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ४ गते । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संसदीय दलका उपनेता उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको उहाँले बताउनुभयो । 

गठबन्धन सरकारमा जाने निर्णय पार्टीले गरे पनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसहमतिले संसदीय दलको नेता चयन गरिएको छ ।” संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र संसदीय दलको सचेतकमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई चयन गरिएको उहाँले जानकारी दिनुभयो । 

अहिलेकै गठबन्धनलाई अगाडि बढाएर जाने पक्षमा पार्टी रहेकाले गठबन्धनमा आवश्यक छलफल बढाउने र अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको भुसालले बताउनुभयो ।