• ८ वैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते

blog

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज (सोमबार) बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक भीष्मराज खाङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ गते दिउँसो २ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, सोही दिन २ बजेर ३० मिनेटमा नामावली उपर दाबी विरोधका लागि समय तोकिएको छ भने अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, पुस ५ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक खाङ्देम्बेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस ६ गते बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदान हुनेछ ।