सुनसान बन्दै खुम्बु

विवश कुलुङ

सल्लेरी, मङ्सिर १४ गते ।  केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदैजान थालेको छ ।  
सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ बनेका होटल व्यवसायी हिजोआज फुर्सदिला बनेका छन् भने कतिपय होटल व्यवसायीले होटलसमेत बन्द गरेर काठमाडाँै गएका छन् ।  अहिले त पर्यटक खासै छैनन्, सिजनमा टनाटन भरिएका होटल अहिले रित्तै भएका छन्, खुम्बु साईबरका सञ्चालक युवाश तामाङले भन्नुभयो ।  
अत्यधिक चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि सोलुखुम्बुको मुख्य पर्यटकीयस्थल सुनसान बन्दै जान थालेका हुन् ।  सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेस्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल हुन छाडेको छ ।  केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा हिजो आज एक÷दुईजना पर्यटकभन्दा अन्य भेटिन छाडेका छन् ।  khumbu
पर्यटकको मुख्य सिजन मानिने कात्तिकको मध्यतिर एकैदिन पाँच सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०÷४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी मानबहादुर खड्काले बताउनुभयो ।  सोलुखुम्बुमा यसवर्ष गत वर्षको तुलनामा धेरै पर्यटक आएको व्यवसायीको आङ्कलन छ ।  यस वर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उनीहरूको अनुमान छ ।  अघिल्ला वर्षहरूमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको उनीहरू बताउँछन् ।  सन् २०१८ सुरु हुन अझै केही दिन बाँकी रहेकाले अघिल्लो वर्षको रेकर्ड तोडिन सक्ने सगरमाथा प्रवेशद्वारका कर्मचारी बताउँछन् ।  
विश्व सम्पदाभित्र पर्ने सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र, विश्वको आकर्षक दस पर्यटन गन्तव्य भित्र पर्दछ ।  सगरमाथा लगायत विभिन्न हिमाल, कस्तुरी मृग, डाँफे जस्ता दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकन र विभिन्न हिमतालले यो क्षेत्र विश्वमै प्रसिद्ध छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना