• ८ वैशाख २०८१, शनिबार

‘सहरमा एउटा हल्ला’ सार्वजनिक

blog

काठमाडौँ, पुस १ गते । गायक ज्वालाराज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा. राजुबाबु श्रेष्ठको रहेको छ भने सङ्गीत अनिश श्रेष्ठले दिनुभएको छ । प्रेमिल शैलीको गीतलाई गुरुङ कुमारले सङ्गीत संयोजन गर्नुभएको हो ।

गीतमा नायक पुष्प खड्का र समरिका ढकालबीचको प्रेम देखाइएको छ । बुद्ध थापाले छायाङ्कन गर्नुभएको गीतको भिडियो विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशन रहेको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।