• १६ चैत २०८०, शुक्रबार

द राइजिङ नेपाल ५८ वर्षमा प्रवेश

blog

काठमाडौँ, पुस १ गते ।  गोरखापत्र संस्थानको सहप्रकाशन द राइजिङ नेपाल आजबाट प्रकाशनको ५८औँ वर्षमा प्रवेश गरेको छ । २०२२ साल पुस १ गतेबाट द राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रूपमा द राइजिङ नेपाललाई लिइन्छ । 

गोरखापत्रको प्रकाशन सुरु भएको ६४ वर्षपछि मात्र द राइजिङ नेपालको प्रकाशन थालिएको थियो । यसका प्रथम सम्पादक वरुणशमशेर राणा हुनुहुन्थ्यो । १५औँ सम्पादकका रूपमा भीमसेन थपलिया हुनुहुन्छ ।