• ६ वैशाख २०८१, बिहिबार

सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

blog

संकेतिक तस्बिर

जनार्जन खत्री

सर्लाही, मङ्सिर २९ गते। हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रह्मपुरीमा बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा महोत्तरीको इटहरवाकट्टी ७ बस्ने ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको हो। ब्रह्मपुरी गाउँपालिका–३, स्थित हुलाकी सडक खण्डमा सङ्ग्रामपुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको ज २ त ५२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० भी १६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मण्डलको घटनास्थमै मृत्यु भएको हो। 

मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। दुर्घटनामा मोटरसाइकलमै सवार सर्लाहीको रामनगर गाउँपालिका–४, बस्ने ३१ वर्षीय सञ्जय मण्डलको दाहिने खुट्टा भाँचिएको छ। मण्डलको मलङ्गवा अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार छन्।