• १३ वैशाख २०८१, बिहिबार

तनहुँमा बस दुर्घटना : १५ यात्रु घाइते

blog

संकेतिक तस्बिर

अमरराज नहर्की

तनहुँ, मङ्सिर २९ गते । पृथ्वीराजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–६ अकालमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

नारायणघाटबाट बागलुङ जाँदै गरेको ग १ ख ५५२५ न को बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये चालक नरबहादुर लामासहित सवार १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सबै घाइतेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खड्काले बताउनुभयो ।