• ८ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण प्रधानमन्त्रीसमक्ष पेश

blog

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचित सदस्यहरुको प्रतिवेशन पेश गर्नुहुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवासमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । साथै, निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताउनुभएको थियो ।


यसअघि, प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष सो विवरण पेस गर्नुभएको थियो ।

बिहीबार बिहान राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष सो प्रतिवेदन पेस गर्नुभएको थियो । यसैगरी, देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने आयोगको कार्यक्रम छ ।