• ८ वैशाख २०८१, शनिबार

धान कुट्ने मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

blog

मिलकाे फित्तामा बेरिएर महिलाको मृत्यु भएपछि हेर्न जम्मा भएका मानिस । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, मङ्सिर २९ गते ।
धान कुट्ने मिलको फित्तामा बेरिएर धनुषामा बिहीबार बिहान एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिलको फित्तामा बेरिएर मृत्यु भएको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन जानुभएको कालोदवीको मिलको फित्तामा बेरिएर टाउको र शरीरको भाग अलग–अलग भएर घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलको मुचुल्का गरी मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।