• १६ चैत २०८०, शुक्रबार

काठमाडौँ महानगरपालिकाको कामकाज बन्द

blog

काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाले बिहीबार कार्यालयको सबै कामकाज बन्द गरेको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज बन्द गर्ने जनाएको छ । 

काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख गरेको छ ।