• १२ वैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेशको स्थायी राजधानी उद्घाटन (फोटो फिचर)

blog

दाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको झन्डोत्तोलन तथा प्रदेश सरकारको कार्य शुभारम्भ समारोह। तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी,मङसिर २८ गते। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ। बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डोत्तोलन गरेपछि सेवा प्रारम्भ भएको हो। 

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डोत्तोलन तथा प्रदेश सरकारको कार्य शुभारम्भ समारोह गरेर औपचारिकता दिएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जातजातिको कला संस्कृति झाँकी प्रस्तुत गरिएको थियो। मुख्यमन्त्रीको कार्यालय राप्ती उपत्यकामा आयोजना गरिएको बृहत् कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रिपरिषद्का सदस्य, निवर्तमान प्रदेश सभामुख, निवर्तमान प्रदेश सांसद, प्रदेशका मुख्य सचिव र सचिव, सुरक्षा निकायका उच्च पदस्थलगायत स्थानीय व्यापक सहभागिता रहेको छ।