• ६ चैत २०८०, मङ्गलबार

आगोमा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु

blog

राधा लुइँटेल 

फिदिम, मङ्सिर २८ गते । पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपाकी ९२ वर्षीया सुखरानी नेम्वाङको जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्नुभएकी नेम्वाङको बुधवार बिहान निधन भएको हो । अगेनामा बालेको आगो कपडामा सल्किँदा उहाँको निधन भएको हो । आगोले घर पनि जलेर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीयका अनुसार नेम्वाङ सो घरमा एक्लै बस्दै आउनुभएको थियो । घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको पाँचथरका प्रहरी प्रमुख (प्रहरी नायब उपरिक्षक) हरि खतिवडाले जानकारी दिनुभयो ।