• ६ चैत २०८०, मङ्गलबार

कालिका रनिङ शिल्ड प्रतियोगिता हुने

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर २८ गते । कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण पुस १ देखि ७ गतेसम्म हुने भएको छ । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलले ६२औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विधा समावेश गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी निुभयो । उहाँका अनुसार प्रतियोगिातमा २४ स्वर्ण, २४ रजत र २४ कांस्य गरी ७२ पदकमा प्रतिस्पर्धा हुनेछ । 

पदकका आधारमा प्रथम, द्वितीय, तृतीय घोषणा गरिनेछ । प्रथम, द्वितीय, तृतीयले क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतिस्पर्धा जिल्ला भरिका सामुदायिक र संस्थागत गरी जम्मा ४५ विद्यालयका १५ सय २५ छात्र र सात सय २५ छात्राको सहभागिता रहनेछ ।