• १२ वैशाख २०८१, बुधबार

महिला सशक्तिकरणमा इनर ह्विल क्लबकाे जाेड

blog

इनर ह्विल क्लबकाे सन् २०२२/२३ काे 'न्युज लेटर' पनि विमाेचन हुँदै ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, मङ्सिर २६ गते । नर ह्विल क्लबका जिल्ला अध्यक्ष सीमा झाले महिलाकाे उत्थान, सशक्तिकरणकाे लागि भरपर्दाे स्वास्थ्य, स्वच्छतासहित सामुदायिक सेवामा समर्पित हुन आवश्यक रहेकाे बताउनुभएकाे छ।

महिला सशक्तिकरणमा क्रियाशील इनर ह्विल क्लबका जिल्ला अध्यक्ष झाले 'नर ह्विल क्लब अफ कीर्तिपुर सेन्ट्रल'काे औपचारिक भ्रमणमा साे कुरा बताउनुभएकाे हाे 

उहाँले संस्थाकाे 'उँचाे उडान'काे नाराकाे उद्देश्यमा पुग्न महिलाकाे साेचाइ माथि उठ्न जरूरी रहेकाे बताउनुभयाे ।


जिल्ला सचिव टुना थापाकाे विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा इनर ह्विल क्लब, नर ह्विल क्लब अफ कीर्तिपुर सेन्ट्रल'का निवर्तमान अध्यक्ष रन्जना महर्जन, अध्यक्ष रमा महर्जन, उपाध्यक्ष लिसा श्रेष्ठ, चार्टड अध्यक्ष रजिता गौतम महर्जनकाे सहभागिता थियाे ।

साे कार्यक्रममा संस्थाकाे सन् २०२२/२३ काे 'न्युज लेटर' पनि विमाेचन भएकाे थियाे । मित्रता, सेवा र समझदारी विकास गर्ने उद्देश्यले अमेरिकामा जनवरी १०, सन् १९२४ मा नर ह्विल क्लब स्थापित भएकाे  थियाे ।