• ६ वैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

फाइल तस्बिर ।

काठमाडौं, मङ्सिर २६ गते । तारकेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका फुयालको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।