• ४ वैशाख २०८१, मङ्गलबार

दृष्टिविहीनको सहयोगार्थ ९५० थान सेतो छडी हस्तान्तरण

blog

काठमाडौँ, मङ्सिर २६ गते । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बीपी कोइराला फाउन्डेसनले अपाङ्गता संरक्षण नेपाललाई ९५० वटा सेतो छडी हस्तान्तरण गरेको छ । बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले उक्त छडी हस्तान्तरण गर्नुभएको हो । 

आइतबार अपाङ्गता संरक्षण नेपालले आयोजना गरेको कार्यक्रममा सचिव कुमारले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर थप वितरणका लागि छडी हस्तान्तरण गर्नुभएको बताउनुभयो । भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बी.पी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।