• ६ वैशाख २०८१, बिहिबार

दसगजाका होटल बन्द गर्न निर्देशन

blog

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर २६ गते । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजामा पर्ने चारवटा होटल बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । 

स्थानीयको मागअनुसार विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष समिम कमरले दसगजा क्षेत्रमा रहेका मदिरा बिक्री गर्ने होटल बन्द वा स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । 

वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रमा रहेका होटलका कारण अपराध बढेको भन्दै पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरिएको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ । 

त्यस क्षेत्रको राइस मिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दसगजा क्षेत्र तथा प्रहरी पोस्टपूर्व दुई सय मिटर दूरीमा पर्ने मदिरा पसल बन्द र होटल गर्ने निर्णय गरिएको थियो । 

“दसगजा नजिकैका होटलले सामाजिक सद्भावमा असर पारेको मात्रै नभई अपराधको जोखिम बढाएको छ । दुई देशको सीमा खुला रहेका कारण मदिराजन्य होटल बन्द गराउन आवश्यक देखियो,” वडाध्यक्ष कमरले भन्नुभयो ।