• ७ वैशाख २०८१, शुक्रबार

डब्बुको नयाँ गीत ‘दूर सागर’

blog

काठमाडौं, मंसिर २५ गते । गायक तथा सङ्गीतकार राज सागरसँगको सहकार्यमा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘दूर सागर’ गीतको भिडियो ल्याउनु भएको छ । गीत बुढासुब्बा डिजिटलबाट रिलिज भएको हो ।

गीतमा सङ्गीत र स्वर राज सागरको रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गर्नुभएको हो । गीतमा साहस शाक्यको सङ्गीत संयोजन रहेको छ।

गीतमा गायिका तथा मोडल सरिता भारती, मिलन दाहाल, सृष्टि कडरिया, आकाश दाहाल र निश्चल विक्रम पौडेलले अभिनय रहेको छ।