• १३ वैशाख २०८१, बिहिबार

खेलकुद मन्त्री अथकसँग एसिया रग्बीका अध्यक्षको भेट

blog

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग भेटवार्ता गर्नुहुँदै एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइ । तस्बिर : खेलकुद मन्त्रालय

काठमाडौं, मङ्सिर २५ गते। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग  एसिया रग्बी एसोसिएसनका अध्यक्ष कैस अल धलाइले भेटवार्ता गर्नुभएको छ। आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री अथकसँग अध्यक्ष धलाइले भेटवार्ता गर्नुभएको हो।

भेटमा नेपालमा रग्बी खेलको विकासका विविध पक्षबारे छलफल भएको थियो। नेपालमा रग्बी खेलको विकासका लागि सरकारले प्रयास गरिरहेको भन्दै मन्त्री अथकले एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय लगानी ल्याउन सहज हुने बताउनुभयो। 

भेटमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्नुभयो। शनिबारदेखि दशरथ रङ्गशालामा सञ्चालन भएको दुई दिने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ बिहीबार नेपाल आउनुभएको हो।  पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना भएको हो।