तरकारीको भाउ अनुगमन गर्न निर्देशन


सीता शर्मा

vegetablesकाठमाडौँ, कात्तिक २७ गते ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङले अस्वभाविक रूपमा बढेको तरकारीको भाउ तत्काल नियन्त्रण गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।  पछिल्ला दिनमा तरकारीको भाउमा देखिएको अस्वभाविक मूल्यवृद्धिको कारण र यसको नियन्त्रण गर्ने सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गर्ने उद्देश्यले आइतबार सिंहदारबारमा आयोजित कार्यक्रममा सहभागीलाई सचिव गुरुङले यस्तो निर्देशन दिनुभएको हो ।  
छलफलमा उहाँले संयुक्त बजार निर्देशिका अनुसार बजार अनुगमनलाई चुस्त बनाई भोलिदेखि नै अनुगमन गर्न कृषि विकास मन्त्रालय, कृषि विभाग, फलफूल तथा तरकारी बाली विकास निर्देशनालय, कालीमाटी फलफूल तथा तरकारी बजार समिति, आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्ता अधिकारकर्मीलगायतलाई निर्देशन दिनुभयो ।
तत्काल तरकारीको भाउमा उपभोक्तालाई राहत पुग्ने गरी मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई चुस्त बनाउन पनि ती  निकायलाई आदेश गर्नुभएको छ ।  पछिल्ला दिनमा दैनिक उपभोग्य तरकारीको भाउ अत्यधिक रूपमा बढेपछि सरकारको चौतर्फी आलोचना हुँदै आएपछि सरकारले तरकारीको भाउको विषयमा चासो देखाएको हो ।  
सचिव गुरुङले ती निकायलाई तरकारी बजारलाई लक्ष्यित गरी सोमबारदेखि नै विशेष अनुगमन सञ्चालन गर्न, जिल्लामा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई थप तीव्र पार्नसमेत निर्देशन गनुभयो ।  
साथै उहाँले कृषि मन्त्रालय र त्यस मातहतको विभाग, तरकारी निर्देशनालय, कालीमाटी तरकारी बजार समितिलाई एक÷दुई दिनभित्र देशभरिको तरकारीको उत्पादन र त्यसको आपूर्तिको अवस्था अनुगमन गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराउनसमेत आदेश दिनुभयो ।  
सचिव गुरुङले भन्नुभयो ‘भोलिदेखि नै संयुक्त अनुगमन टोली बनाएर तरकारीको बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिनुहोस्, एक सातासम्म सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुहोस, त्यसबाट पनि परिणाम नआए  अर्को उपाय सोचौँला ।
तरकारीमा यसरी हुने मूल्यवृद्धिमा बिचौलीयाको संलग्नता हुनसक्ने भन्दै ठूला व्यवसायीलाई राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्वले पनि निगरानीमा राख्न निर्देशन गरिने पनि जानकारी गराउनुभयो ।  
छलफलमा सहभागी कृषि विभागका कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयका निर्देशक लक्ष्मणप्रसाद पौडेल, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेज पौडेलले  पछिल्लो पटक दैनिक तरकारीको भाउ बढ्नुको प्रमुख कारण माग अनुसार आपूर्ति हुन नसक्नु र मौसमको प्रतिकुलता नै हो भन्नुभयो ।  उहाँहरूले भन्नुभयो, तरकारीको मूल्य बढ्नुका अन्य कारण तराईमा गएको साउनमा आएको बाढीले गर्दा  यसको उत्पादनमा ह्रास हो, यस वर्ष भारतमा तरकारीको भाउ महँगो भएकाले त्यहाँबाट आउने अधिकांश तरकारी महँगिएको छ ।
बजार अनुगमनको जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक कुमार दाहालले भने कृषि विभाग र तरकारी बजार समितिका निर्देशक पौडेलद्वयको भनाइप्रति असहमति जनाउँदै भन्नुभयो, बजारमा तरकारीको आपूर्तिमा समस्या होइन, मूल्य व्यवस्थापनमा समस्या छ, आपूर्ति चाहिने जति भएको छ, व्यापारीको मनपरि हो, यसमा कृषि मन्त्रालय मातहतका निकाय जिम्मेवार हुनुपर्छ ।  बजारमा तरकारी जुनसुकै बेला जति किन्न पाइन्छ, मूल्य मात्रै महँगो हो अनि त्यसलाई कसरी आपूर्ति कम भएर महँगो भएको भन्ने उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसेनाले प्रतिप्रश्न गर्नुभयो ।  उहाँले तरकारी उत्पादक किसानबाट उपभोक्तासम्म ल्याइपु¥याउने व्यापारीका कारण तरकारी महँगिएकाले किसान र उपभोक्तामाथि बिचौलियाका विरूद्धमा सरकारका नियमनकारी निकायले सुक्ष्म तरिकाले अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  
तिहारदेखि नै तरकारीको भाउ अस्वभाविक रूपमा महँगिएको छ ।  अहिले बेमौसमी तरकारीको मात्रै होइन मौसमी तरकारीको भाउ पनि थोक बजारमै प्रतिकेजी १०० देखि १५० रुपियाँ पुगेको छ ।  खुद्रा बजारमा त झन यसको भाउ छोइसाध्य छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना