• ८ वैशाख २०८१, शनिबार

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

blog

कम्पाला,  मङ्सिर, २५  गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

शुक्रबार सोबारे  ट्वीट गर्दै सङ्गठनले  उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लामा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ।

यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभीलगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ, डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चार्ल्स न्जुगुनाले उल्लेख गरेका छन् ।

स्वास्थ्यमन्त्री रुथ एसेङ्गले देशले सामना गरिरहेको इबोला प्रकोपबाहेक युगान्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकालहरू पनि रहेको बताइन्। एसेङले डब्ल्यूएचओको सहयोगले प्रभावविरुद्धको लडाइँलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् ।  रासस/सिन्ह्वा