• १५ चैत २०८०, बिहिबार

तोरी फुलेपछि....... (फोटो फिचर)

blog

जानु पाण्डे

कपिलवस्तु मङ्सिर २५ गते । कपिलवस्तुका उत्तरी भेगका बस्ती पहेँलै छ अनि आहा चिटिक्क पनि देखिएको छ । बस्ती आसपासका खेतबारी तोरी फुलेर पँहेलाम्मै देखिएका छन् । कृषकहरू झार गोड्ने र बेथेको साग टिप्न व्यस्त छन् । 

तोरी फुल्ने सिजन भएको हुँदा विभिन्न ठाउँबाट माहुरी चराउनको लागि घारसमेत राखिएको छ । यति बेला कपिलवस्तुका अघिकांश बस्ती तोरी फुलेर पँहेलाम्मे देखिएको छ । कपिलवस्तुको बाणगङ्गा, बुद्धभूमि, शिवराज, कपिलवस्तु नगरपालिका तथा विजयनगर गाउँपालिकामा प्रचुर मात्रामा तोरी खेती भएको देखिन्छ । बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को भलवाड जिनुवा, वडा नम्बर ७ बनगाई तथा बुद्धभूमि नगरपालिका ३ बोक्टापुर, रनगाई आसपासका बस्ती प्राकृतिक रूपले सिँगारिएका देखिएका छन् । 


तोरीको फूल १५ देखि २० दिनसम्म बोटमा रहने हुँदा यो अवधिमा खेतबारी पँहेलाम्मे देखिने बुद्धभूमि ३ रनगाइका कृषक जयराम थारु बताउनुहुन्छ । जिल्लामा २ हजार ८ सय हेक्टर बढी क्षेत्रमा तोरी खेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्र चौबेले बताउनुभयो । पछिल्लो समय तेलको मूल्य बढेसँगै कृषकहरूको तोरी खेतीतर्फ बढ्दो आकर्षण छ ।


तस्बिरः जानु पाण्डे