• १२ वैशाख २०८१, बुधबार

फ्लुबाट अमेरिकामा सात हजार तीन सयको मृत्यु

blog

लस एन्जलस, मङ्सिर २४ गते । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लुका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । 

हप्तामा २५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तीमा एक करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् ।

रासस/सिन्ह्वा