क्याटालोनियाका पूर्व सभामुख अदालत हाजिर

म्याड्रिड,  कात्तिक २३ गते । क्याटालोनियाको निलम्बित संसदका सभामुख कार्म फोर्साडेल स्पेनको सर्वाेच्च अदालतमा हाजिर गराइएको छ ।

उहाँलाई पनि यसअघि क्याटालोनियाको स्वतन्त्रताका समयमा भूमिका खेलेको र जनमत संग्रह गराउनका लागि सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा अदालत हाजिर हुन भनिएको थियो ।

उहाँलाई उक्त अदालतले हाजिर हुने शर्तमा रिहा गर्ने वा थुनामा नै राख्ने भन्ने बारेमा बिहीबार नै निर्णय दिने अधिकारीहरुले जनाएका छन् ।

क्याटालोनियामा सम्पन्न भएको भनिएको जनमत संग्रह गराउन उक्साउने, जनमत संग्रह गराउने र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने स्वतन्त्रताको मागका पक्षका अधिकांश नेताहरुलाई हाल थुनामा राखिएको छ ।(रासस÷एएफपी)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds