• ७ वैशाख २०८१, शुक्रबार

कोरिया छाड्ने अवसर

blog

काठमाडौँ, मङ्सिर २३ गते । दक्षिण कोरियाले गैरकानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्नेगरी नयाँ अवसर ल्याएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार दक्षिण कोरियामा गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिकलाई असोज २१ गतेदेखि स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो । 

दूतावासका अनुसार कोरियाले दिएको यो अवसरको सदुपयोग गर्दै गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिकले सन् २०२३ फेबु्रअरी २८ सम्म आफ्नो देश फर्कन सक्छन् । यो अवसरमार्फत स्वदेश फर्कंदा लाग्ने जरिवाना छुट हुने दूतावासले जनाएको छ ।  

तर २०२२ नोभेम्बर ७ भन्दा पछि गैरकानुनी भएका, गैरकानुनी रूपमा कोरिया प्रवेश गरेका विदेशी नागरिक, किर्ते वा बदलिएको राहदानी प्रयोग गरेका र आपराधिक गतिविधिमा संलग्न भएका व्यक्ति भने यो अवसरमार्फत स्वदेश फर्कन पाउने छैनन् । 

यो कार्यक्रममार्फत स्वदेश फर्कन चाहनेले राहदानी, हवाई टिकट र स्वेच्छाले स्वदेश फर्कन लागेको घोषणा गरिएको कागज कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइनमार्फत पनि यस्तो फाराम भर्न सकिन्छ । 

यो फाराम बुझाएपछि जरिवाना छुट र प्रवेश प्रतिबन्धको निलम्बन प्रदान गर्दै कोरियाली अध्यागमनले स्वदेश फर्किएको अनुमति दिन्छ ।