• ८ वैशाख २०८१, शनिबार

एक पुरुषको शव फेला

blog

साङ्केतिक तस्बिर

कविराज घिमिरे
हिले, मङ्सिर १६ गते ।
धनकुटाको साँगुरीगढी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा ४० वर्षीय राजकुमार मगरको शव शुक्रबार बिहान फेला परेको धनकुटा प्रहरीले जनाएको छ ।

धनकुटाका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले भेडेटार रवि राँके सडकमा काम गरिरहेका मगरको शव फेला परेको जानकारी दिनुभयो । मगरको मृत्युको कारणबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको र मृतकको नाम खुलेपनि ठेगाना खुल्न बाँकी रहेको कुँवरले जानकारी दिनुभयो । मृतक मगर राष्ट्रिय गौरवको आयोजना भेडेटार रवि राँके सडक विस्तार भइरहेका ठाउँमा मजदुरको रुपमा कार्यरत रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।