• ७ वैशाख २०८१, शुक्रबार

निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ

blog

काठमाडौँ, मङ्सिर १६ गते । निमोनियाको कारण बर्सेनि धेरै बालबालिकाको मृत्यु हुने गर्छ । अस्पतालमा पनि जाडो मौसममा निमोनियाका बिरामी बढ्नुका साथै मृत्युदर पनि बढ्ने गर्छ ।

त्रिभुवन विद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार निमोनिया एक प्रकारको फोक्सोमा हुने सङ्क्रमण हो । भाइरस भाइरस, ब्याक्टेरिया फङ्गस वा अन्य रसायनबाट निमोनिया लाग्ने डा बमको भनाई छ । चिकित्सकका अनुसार निमोनिया श्वासप्रश्वासको माध्यबाट सर्ने गर्छ । अन्य मौसमको तुलनामा जाडोको मौसममा, धूवाँ, धुलोमाका कारणले निमोनियाको जोखिम बढी हुने डा।बमको भनाई छ । निमोनिया जुनसुकै उमेरका मानिसलाई पनि देखिन सक्छ । तर बालबालिका,ज्येष्ठ नागरिक, दीर्घ रोगी ,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बढी जोखिममा हुने डा। बम बताउनुहुन्छ । रुघा लाग्ने, खोकी लाग्ने,नाकबाट सिँगान बग्ने, ज्वरो आउने,बच्चाले छिटो छिटो सास फेर्ने, सास फेर्ने गाह्रो हुने,कोखा हान्ने निमोनियाका मुख्य लक्षण हुन । निमोनियालाई हेलचेक्राई गर्दा ज्यान समेत जान सक्ने भएकाले तुरुन्त अस्पतालमा लैजान चिकित्सकको सुझाव छ । 

निमोनियाबाट बच्नका लागि स्वस्थ जीवनशैली, दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । यस्तै, धूम्रपान, मद्यपानबाट टाढा बस्न चिकित्सकको सुझाव छ । निमोनियाबाट बच्न निमोनिया विरुद्धको खोप लगाउन सकिने चिकित्सक बताउँछन् । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी र अन्य रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस निमोनिया भएका मानिसहरू न्यानो लुगा लगाउने, दम, क्षयरोगका बिरामीले नियमित औषधि सेवन गन भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिने धुवाँ,धुलोमा नजाने, निमोनिया विरुद्धको खोप लगाउने गर्दा पनि निमोनियाबाट बच्च सकिने चिकित्सक बताउँछन् ।

त्रि. वि. शिक्षण अस्पतालका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बमसँग निमोनिया किन हुन्छ, निमोनिया हुनुको कारण के भन्ने विषयमा केन्द्रित भई गरिएको भिडियो संवाद:


भिडियो: मनोजरत्न शाही

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।