• ६ वैशाख २०८१, बिहिबार

बाजुरामा काँग्रेसका पाण्डेको अग्रता कायमै

blog

बाजुरा, मङ्सिर १५ गते । बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे एक हजार २६९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । पाण्डेको पाँच हजार ३९९ मत छ , भने नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार १३० प्राप्त गर्नु भएको छ । 

त्यसै गरी प्रदेश (क) का एकीकृत समाजवादीका नरेश कुमार शाहीको दुई हजार ९७ रहेको छ । भने  नेकपा एमालेका बलदेव रेग्मीले ९६२ मत प्राप्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले २४७ मत प्राप्त गर्नु भएको छ ।

यो पनि पढ्नुहोस

दोलखामा माओवादीकाे अग्रता

स्याङ्जा २ मा अर्याल भन्दा गुरुङ २४ सयले अगाडि

त्यसै गरी प्रदेश ख का नेकपा एमालेका लालबहादुर थापाले एक हजार ३५२ र नेपाली काँग्रेसका पदमबहादुर शाहीले एक हजार दुई मत रहेको  मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।

Author

शेरबहादुर सार्की