बस दुर्घटनामा १२ घाइते

कैलाली, चैत १६ गते । कैलालीको लम्कीचुहा नगरपालिका–१ गोरोमा आज बिहान बस दुर्घटना हँुदा १२ यात्रु घाइते भएका छन् । काठमाडौँदेखि धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायातको ना४ख ३२०५ नम्बरको डिलक्स बसको पट्टा भाँच्चिएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक जगनाथ खनालले दिनुभएको जानकारीअनुसार आज बिहान करिब ८ः३० बजेतिर दुर्घटना भएको थियो । बस सडकबाट तल खाल्टोमा पल्टेको थियो ।

बसमा सवार टीकापुरका तेजप्रसाद तिमिल्सेना, मसुरियाका प्रेमबहादुर थापा, चौमालाका झङ्कर साउद, किसन चौधरी, जीवन थापा, धनगढीका लक्ष्मीप्रसाद चौलागार्इं, खेम विष्ट, सञ्जु पनेरु, मायादेवी विष्ट, हेमन पनेरु, दिपायल सिलगढीका प्रेमराज महरलगायतका घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले बाहिर पठाउने तयारी भइरहेको लम्कीस्थित लालरत्न अस्पतालले जनाएको छ । सामान्य घाइतेलाई सोही अस्पतालमा प्राथमिक उपचारपछि घर फर्काइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना