• ८ वैशाख २०८१, शनिबार

दोलखामा माओवादीकाे अग्रता

blog

फाइल तस्बिर

बाबुराम शर्मा 

दोलखा, मङ्सिर १६ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सुरु भएको प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएको छ । 

गए राती ९ बजेबाट सुरु भएको मत गणनामा कार्कीले दुई हजार ७९४ मत गन्दा एक हजार ६२७मत ल्याएर अग्रता हासिल गर्नु भएको छ भने नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीले ८१२ मतले पछ्याइरहनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत ल्याउनु भएको छ । 

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले दुई हजार १८५ मत ल्याएर अग्रता लिनु भएको छ भने नेपाली काँग्रेसका बर्मा लामाले एक हजार ८५७ ले पछ्याइरहनु भएको छ । प्रदेश १ मा नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले दुई हजार ३३९ मतले अगाडि हुनु हुन्छ भने नेकपा एमालेका नरबहादुर श्रेष्ठले ९३२ मत ल्याएर पछ्याइरहनु भएको छ ।