• १२ वैशाख २०८१, बुधबार

गृहमन्त्री खाण र अध्यक्ष राउतबीच सहमति र सहकार्यबारे कुराकानी

blog

गृहमन्त्री खाण (दायाँ) र जनमत पार्टीका अध्यक्ष डा. राउतबीच भेटवार्ता हुँदै । तस्बिर : गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, मङ्सिर १५ गते । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ । 

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ । 

गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा डा. राउतलाई बधाई दिनुभएको छ । 

दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको हो ।

आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ । 

राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाणले भेटका क्रममा बताउनु भएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ । 

अध्यक्ष राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेर समसामयिक राजनीतिका विषयमा कुराकानी गर्नुभएको छ । 

यो पनि पढ्नुहोस