• १६ चैत २०८०, शुक्रबार

किसानले सार्वजनिक बाटोमा धान पराल थुपार्दा समस्या

blog

सार्वजनिक बाटो प्रयोग गरी धान थ्रेशर गर्दै । तस्बिर : गोरखापत्र

यादवराज पुरी

रौतहट, मङ्सिर १४ गते । धान थन्क्याउने अहिलेको समयमा धान झार्नका लागि जिल्लाका ग्रामिण क्षेत्रका किसानले सडक मै धान थुपार्दा सडक प्रयोगकर्ता र स्थानीयले विभिन्न समस्या झेल्नु परेको छ ।

धान झार्ने आधुनिक यन्त्र ‘थ्रेशर’ खेतमा पु¥याउन असहज भएपछि किसानले सार्वजनिक सडकमै धान थुपार्दा र झार्दा सडक दुर्घटना, प्रतिकुल वातावरण, स्वास्थ्यलगायतका समस्या झेल्नु परेको छ ।

जिल्लाको विभिन्न स्थानमा यतिबेला किसानलाई धान थन्क्याउने चटारो छ । चन्द्रपुर नगरपालिका–७ बनबौहरीका किसान हरेन्द्र चौधरीले खेत सुख्खा नभएको कारण खेतमा थ्रेशर पु¥याउन समस्या भएपछि धान बाटोमै थुपारेर झार्न लगाउनु परेको सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘बाटो मै धान थुपार्दा सवारी आवागमनमा समस्या हुन्छ । वातावरण मा समेत असर त पर्छ नै । तर वर्षभरी खान पर्ने अन्न राम्ररी थन्क्याउका लागि बाध्य भएर बाटोको प्रयोग गर्नु परेको हो ।’’ सडक मै धान थ्रेशर गर्दा सडक प्रयोगकर्ताको आँखामा परालको धुलो परेर समस्या भोग्नु परेको गुजरा नगरपालिका–५ का युवा व्यवसायी सुमन साहको गुनासो छ ।

मोटरसाइकलमा सवार उहाँ विशेष कामले बाहिर जान लाग्दा बाटोमा थ्रेशर गरेको धानको धुलो आँखामा परेपछि काम छोडेर अस्पताल जानु परेको थियो । उहाँकाअनुसार गाउँको ढलान सडकमा धान पराल थुपारेको थाहा नपाए तीव्र गतिमा कुदेका सवारी दुर्घटना हुने सम्भावना अधिक हुन्छ ।

यस्तै धान थ्रेशर गर्दा उडेको धुलोले वातावरणमा समेत असर पारेको पाइन्छ । जसको कारण स्वास प्रस्वासमा समस्या आउने चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरी बताउनुहुन्छ ।

धान र पराल थुपार्न सडक प्रयोग नगर्न आग्रह गर्दा किसानसँग झगडा नै पर्न सक्ने अवस्था सिर्जनाहुने भएकोले कोही कसैले पनि त्यसको विरोध नगरेको र सहेरै हिंडिरहेको चन्द्रपुर–२ का पूर्व शिक्षक जगतनारायण सिंहलेब ताउनुभयो ।